arrow

जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी मिटरब्याजीको आरोपमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
janamat-party-final-always.jpg

सप्तरी । मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ परेका छन् । सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । 

मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन् । गत शनिबार पीडितसँग पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

साथै मिटरब्याजीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने आवाज प्रतिनिधि सभामा उठेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ