arrow

रविमाथि सर्वोच्चमा रिट दर्ता, भोलि पेसी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
rabi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । उनीमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । 

उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ । आइतबार युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेका थिए । 

उक्त रिट सर्वोच्च प्रशासनले आज दर्ता गरेको हो । पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।

चितवन २ बाट उम्मेदवारी दिएका रविमाथि अदालतमा रिट परेको हो । 

यसअघि नागरिकता विवादमा दोषी पाइएपछि चितवन २ बाट उनको सांसद पद खोसिएको थियो । अहिले फेरि उनीमाथि राहदानीको मुद्दा परेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ