arrow

गोविन्द भट्टराईको उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
govinda-bhattarai-congress-tanahu.jpg
तस्बिर – फाइल ।

तनहुँ । तनहुँ १ बाट नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । त्यसअघि तनहुँमा महामन्त्री गगनकुमार थापाको उपस्थितिमा सभाको आयोजना गर्दै मनोनयन पत्र दर्ता गर्न भट्टराई गएका हुन्् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।

तनहुँ–१ मा एमालेबाट सर्वेन्द्र खनाल, नेमकिपाका रामप्रसाद प्रजापती र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ । 

आगामी १० बैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । 

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ