arrow

गगनको उपस्थितिमा गोविन्दको उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
tanahu1-gagan-govinda.jpg

डुम्रे । आगामी बैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भट्टराईले आज उम्मेदवारी दर्ता गराएका हुन् । 

उनको प्रस्तावकमा कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल र समर्थकमा नेपाली कांग्रेस महासमिति सदस्य एवं गण्डकी प्रदेश कार्य समिति सदस्य सरीता गुरुङ रहेका छन् । 

कांग्रेस महामन्त्री गगनकुमार थापाको उपस्थितिमा भट्टराईले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि कांग्रेसले सभाकोसमेत आयोजना गरेको थियो । नेता थापाले सो सभामा भट्टराई गठबन्धनको साझा उम्मेदवार भएकाले सजिलै जित्ने र जित्नुपर्ने बताएका थिए । 

यसअघि नेकपा एमालेका सर्वेन्द्र खनाल, राप्रपाकी शोभा गुरुङ, नेपाल मजदूर किसान पार्टीका रामप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ