arrow

सिरिया र इराकमा विदेशी लडाकूको सङ्ख्या दोब्बर

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
हङ्कङ । इराक र सिरियामा विदेशी विद्रोही लडाकूको सङ्ख्या गतवर्षको तुलनामा दोब्बर भएको समाचार छ । सो सङ्ख्या २७ हजार भन्दा बढी पुगेको अमेरिकासँग आवद्ध एक गुप्तचर निकायले जारी गरेको प्रतिवेदनमा जनाइएको छ । ती विदेश लडाकूहरु प्रायः आइएस लडाकू समूहमा रहेका जनाइएको छ । सिरिया र इराकमा २७ हजारदेखि ३१ हजारको सङ्ख्यामा ८६ वटा देशका लडाकू पुगेका थिए । सन् २०१४ जुनसम्ममा सो सङ्ख्या सिरियामा करिब १२ हजारको हाराहारीमा मात्र रहेको बताइएको थियो 
 
यी दुबै देशमा आइएसको नियन्त्रणमा रहेको इलाकामा ती विदेशी लडाकूले ठूलो सङ्ख्यामा भ्रमण गरेका जनाइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ