arrow

२०८४ को निर्वाचनमा एसले कसैसँग गठबन्धन नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
nekapa-ekikrit-samajbadi.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) ले विसं २०८४ मा हुने निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने भएको छ । एसका महासचिव जगन्नाथ खतिवडाले विसं २०८४ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी कसैसँग गठबन्धन नगरी चुनावमा जाने बताएका छन् । 

सोमबार उनले नेकपा एस अहिले पार्टी निर्माणको अभियानमा रहेकाले जनताको सुझाव सङ्कलन गरिरहेको बताए । 

“वैशाखसम्म सञ्चालन हुने अभियानमा सदस्यता विस्तार, पालिका तथा वडा कमिटी गठन-पुनःगठन तथा स्थानीय तहले सम्पादन गरेका कार्यको निगरानी गर्ने र खबरदारी गर्नेछौँ ।” उनले भने । 

पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले देशमा व्याप्त भ्रष्टाचार, बेथिति, आर्थिक समस्या, सामाजिक समस्या, बेरोजगारीलगायत अवस्थाप्रति नेकपा एस गम्भीर रहेकाले उचित नीति तथा कार्यक्रमको माध्यमबाट समस्या समाधानका लागि पार्टी र सरकार दुवै ठाउँबाट भूमिका खेल्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ