arrow

बुधबारदेखि चीनको राजकीय भ्रमणमा म्याक्रोन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
french-president-macron-china.jpg

काठमाडौं ।  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन बुधबारदेखि चीनको राजकीय भ्रमणमा आउँदैछन् ।  चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति म्याक्रोन चीनको राजकीय भ्रमणमा आउन लागेका हुन् । 

म्याक्रोनले तीन दिने चीन भ्रमणमा रहनेछन् ।  उनले  यही अप्रिल ५ देखि ७ गतेसम्म चीनको राजकीय भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले बताएका छन् । 

उनीसँगै युरोपेली सङ्घका उच्च नेताहरूले पनि चीन भ्रमण गर्दैछन् ।  संयुक्त राज्य अमेरिकाले आफ्ना युरोपेली मित्रराष्ट्रहरूलाई चीनविरुद्ध कडा अडानमा सामेल हुन दबाब दिइरहेका बेला ईयूले बेइजिङप्रतिको आफ्नो दृष्टिकोणलाई परिभाषित गर्न खोजिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ