arrow

बैतडीका तीन युवती बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
nepal-police12.jpg

बैतडी । बैतडीका तीन युवती बेपत्ता भएका छन् । जिल्लाको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन् । 

मेलौली-१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन् । सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठमा नभेटिएको उनका देवर निराजन पोखरेलले बताए । 

भाउजू सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ । सम्पर्कविहीन भएकी लक्ष्मीका श्रीमान् राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा छन् । उक्त दम्पतिका दुई छोरा छन् । 

यस्तै मेलौली नगरपालिका-१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता भएका छिन् । यही चैत १६ गते घरबाट हिँड्नु भएकी उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ । पार्वतीका श्रीमान् सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा छन् । पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ । 

जिल्लाको पाटन नगरपालिका-४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि छ दिनदेखि बेपत्ता छिन् । यही चैत १५ गतेदेखि छोरी सम्पर्कविहीन भएकी गोमतीका बुबा दिलीप लाबडले जानकारी दिए । चैत १५ गते देहिमाण्डौँ जात्रामा जान्छु भनेर घरबाट हिँडेकी गोमती अहिलेसम्म घर फर्किएकी छैनन् । 

इलाका प्रहरी कार्यालयका प्रमुख नारायण पन्तले युवतीहरु बेपत्ता भएको जानकारी प्राप्त भएकाले खोजी जारी रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ