arrow

रोकियो रविको रिटमाथिको सुनुवाइ, मानेनन् न्यायाधीश सिन्हाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
rabi-lamichhane.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको रिटमाथि सुनुवाइ रोकिएको छ । बहश शुरू नहुँदै न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि मंगलबारको सुनुवाइ रोकिएको हो ।

रविको राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोमबार दर्ता भएको रिटको आज सुनुवाइको लागि पेशी तोकिएको थियो । 

गत चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि प्रहरी, सरकारी वकिलको कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ