arrow

अमेरिकामा भयानक रेल दुर्घटना, एक जनाको मृत्यु, १०८ घाइते

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
train.png
न्युयोर्क । अमेरिकामा भयानक रेल दुर्घटना भएको छ । न्युयोर्कबाट न्युजर्सीका लागि छुटेको रेल हेबोकनमा दुर्घटनाग्रस्त हुँदा एक महिलाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन् । 
 
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको न्युजर्सी रेल स्टेसनका प्रवक्ता जेनिफर नेलसनले जनाएका छन् ।  
 
एक प्रत्यक्षदर्शीका अनुसार रेल र स्टेसनको पर्खालमा च्यापिएकी महिलाको मृत्यु भएको हो । 
 
घटनापछि हेबोकन रेल स्टेसनबाट सम्पूर्ण रेलसेवा बन्द गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ