arrow

सर्वोच्चमा रवि विरुद्धको सुनुवाइ बुधबार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
rabi-lamichhane-regine-home-minister.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको रिट निवेदनको बुधबार सुनुवाइ हुने भएको छ ।
      
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा आज पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि बुधबारका लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । 
      
रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो ।  

अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध आज दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ । 

यसअघि नै उहाँले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन् । 
 
महान्यायाधिवक्ता डा पोखरेलले यही चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो । 

उक्त निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको थियो ।

उता लामिछाने चितवन २ मा उपनिर्वाचनका उम्मेदवार छन् । त्यहाँ पनि उनको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ