- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
मिति २०७९ चैत्र २२ गते बुधबार, इस्वीसंवत अप्रिल ५ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४४, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको चतुर्दशी तिथि बिहानमा ९ः२६ मिनेटसम्म त्यसउप्रान्त पूर्णिमा तिथि लाग्नेछ । नक्षत्रमा उत्तराफाल्गुनी बिहानमा ११ः४० बजेसम्म त्यसउश्चात् हस्ता नक्षत्र लाग्नेछ ।
विष्कुम्भादि योगमा ध्रुव योग रातिमा ०३ः४२ बजेसम्म त्यसपछि व्यघात योग लाग्नेछ । करणमा भद्रा रातिमा ९ः५३ बजेसम्म त्यसपछि बालब करण लाग्नेछ । आनन्दादि योगमा प्रवर्द्ध्र रहनेछ । सूर्य मीन राशिमा, चन्द्रमा कन्या राशिमा अहरोरात्र रहनेछ । दिनमान ३१ घटि १५ पला अर्थात १२ घण्टा ३२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः५३ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ०६ः२३ बजे हुनेछ । यस्तै, चन्द्रउदय दिनमा ५ः४२ बजे हुनेछ भने चन्द्रअस्त राति ०५ः२३ बजे हुनेछ ।
आजको राशिफल
मेष : मेष राशि भएकाहरूका आज समय शुभ छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। माया प्रेमको लागि रमाइलो छ । पराक्रम र उत्साह बढ्नेछ । अधिकारका लागि भने केही संघर्ष वा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । स्वास्थ्यका लागि पनि खानपानमा सचेत रहनुपर्ने बेला छ । व्यापारबाट प्रशस्तै फाइदा उठाउन सकिनेछ । सामाजिक एवं आर्थिक उन्नति पनि हुने देखिन्छ ।
वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय खराब छ । समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला । दिन मनोरञ्जनपूर्ण भएपनि । अप्रिय समाचारले मनमा खिन्नता बढ्न सक्छ । आजको दिनमा पनि सामाजिक दायित्व थपिने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्न सक्छ । अरूका काममा पनि समय व्यतीत हुनेछ । व्यापार व्यवसाय मध्यम रहेको छ । महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी होला ।
मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । दुविधा बढ्नाले सही निर्णय लिन नसकिएला । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । प्रतिस्पर्धी परास्त होलान् । निर्णायक क्षमतामा कमी आउला । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।
कर्कट : कर्कट राशिका लागि आज पनि समय शुभ रहनेछ । तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । प्रतिस्पर्धी परास्त होलान् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । अस्वस्थताका बाबजुद कामको दायित्व पनि बढ्नेछ । समय मध्यम खालको छ । व्यावसायिक यात्रा सम्भावना छ । ठूलाबडाले सहयोग गर्नेछन् ।
सिंह : सिंह राशि भएकाहरुका लागि आज पनि समय खराब रहेको छ । निर्णायक क्षमतामा कमी आउला । व्यावसायिक काममा खर्च बढ्नेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । अस्वस्थताका बाबजुद कामको दायित्व पनि बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । माया प्रेमको लागि रमाइलो छ । सोच्नु भएको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ । समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज समय शुभ छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आर्थिक लाभ हुने नयाँ कामको थालनी हुनेछ । तपाईको लागि एकदम राम्रो समय रहेको देखिन्छ । विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग रहेको छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । सोचेको समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । प्रेमको बन्धन कस्सिने बेला छ । आलोचनाको सिकार भइएला । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । व्यापार व्यवसायमा समेत कम मात्र फाइदा हुनेछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । सचेत हुनहोला ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । आज स्वास्थ्य पनि सवल रहनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँदा अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मीय मित्र तथा आफन्तको साथ पाईने हुँदा काम गर्न जागर बढ्नेछ । धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु सफल हुँदा मन खुशि हुनेछ । व्यावसायमा लगानी बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ ।
धनु : धनु राशिका लागि आज पनि समय मध्यम छ । स्वास्थ्यमा सुधार होला । यात्राको लागि पनि एकदम राम्रो समय रहेको देखिन्छ । तपाईका लागि एकदम राम्रो समय रहेको देखिन्छ । काममा उत्साह थपिनेछ । रचनात्मक काम शुरु गर्ने मौका छ । प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ । फाइदाका लागि प्रतिस्पर्धा भने गर्नुपर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय राम्रो रहने छैन । निर्णायक क्षमतामा कमी आउला । माया प्रेमको लागि रमाइलो छ । विगतका समस्या बल्झिन सक्छन् । उठ्न बाकी धन उठ्न कठिन रहेको देखिन्छ । उपचारमा खर्च हुने योग छ । नराम्रो काम तिर भने मन जाने देखिन्न । मान–सम्मानमा आघात पर्ने देखिन्छ । सानातिना कामको झमेला आउन सक्छ । नतिजा थोरै मात्र तपाईको साथमा हुनेछ ।
कुम्भ : कुम्भ राशिका लागि पनि आज पनि दिन तथा समय खराब छ । आज यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।
मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । आर्थिक व्यय भए पनि वातावरण राम्रो बन्नेछ । समय मध्यम खालको छ । विगतका समस्या बल्झिन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । माया प्रेमको लागि रमाइलो छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । ठूलाबडाले सहयोग गर्नेछन् । सोच्नु भएको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ ।
शुभ लाभादि बेला
बिहान ०५ः५० बजेदेखि ०७ः२४ बजेसम्म लाभ बेला
बिहान ०७ः२४ बजेदेखि ०८ः५८ बजेसम्म अमृत बेला
बिहान ०८ः५८ बजेदेखि १०ः३२ बजेसम्म काल बेला
बिहान १०ः३२ बजेदेखि १२ः०६ बजेसम्म शुभ बेला
दिनमा १२ः०६ बजेदेखि १ः४० बजेसम्म रोग बेला
दिनमा १ः४० बजेदेखि ३ः१४ बजेसम्म उद्धेग बेला
दिनमा ३ः१४ बजेदेखि ४ः४८ बजेसम्म चर बेला
साँझ ४ः४८ बजेदेखि ६ः२२ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।