arrow

रविको सुनुवाइ न्यायाधीश फुयालको इजलासमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
rabi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।

पेसी सूचीको ‘ज’ नम्बरमा रहेको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो । न्यायाधीश सिन्हा यसअघि संवैधानिक इजलासमा लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमाथिको सुनुवाइमा थिए । 

सो रिटको फैसलामा लामिछानेको नागरिकता तथा राहदानीको विषयमा आफ्नो धारणा दिएका थिए । सोही कारण उनले अहिलेको रिटमाथि आफूले सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।

गत सोमबार युवराज पौडेल सफलले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । 

राहदानी प्राप्त गर्दा उनले आफू नेपाली नागरिक नै रहेको विवरण पेस गरी राहदानी प्राप्त गरेका थिए । सो कार्य राहदानी ऐन, २०७६ र साविकको राहदानी ऐन, २०२४ बमोजिम राहदानी सम्बन्धी कसुर रहेको भन्दै लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन माग गरिएको हो ।

यो रिटको कार्यदिशाअनुसार नै चितवन २ मा उनको उम्मेदवारी रहने कि नरहने भन्नेसम्मको निर्णय निर्वाचन आयोगले गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ