arrow

चार दिन अस्पताल बसेर डिस्चार्ज भए राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
ramchandra-discharge.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चार दिन अस्पताल बसेर डिस्जार्ज भएका छन् । उनी चैत १८ गते शनिबार साँझ त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । 

स्वास्थ्यमा सुधार आएसँगै उनी आज बिहान १ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । पेटको दुखाइका कारण उनलाई अस्पताल लगिएको थियो । राष्ट्रपतिलाई ग्यासट्राइटिस (ग्यास्ट्रिक) भएपछि पेट दुखेको थियो । 

भीआईपी क्याबिनमा बसेर उपचार गराएका उनको स्वास्थ्यमा सुधार आएको छ । 

उनी राष्ट्रपति निर्वाचनअघिदेखि उम्मेदवारी दर्ताको समयदेखि धपेडीमा थिए । उनी फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसयता उनी निरन्तर कार्यक्रममा व्यस्त रहन्थे । दैनिकी फरक भएसँगै उनलाई ग्यासट्राइटिसले समातेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ