arrow

बढ्दै कोरोना संक्रमण

एकैदिन ९८ कोरोना संक्रमित थपिए, परीक्षणको १७ प्रतिशतमा संक्रमण

उपत्यकामै एक जना भेन्टिलेटरमा, चार जना आईसीयूमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
nepal-corona-virus.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको छ । बुधबार ९८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ४२७ पीसीआर परीक्षणबाट ७१ संक्रमित थपिएका छन् । यो परीक्षणको १७ प्रतिशत हो । 

त्यस्तै १ हजार ३४१ एन्टिजेन परीक्षणबाट २७ जनामा संक्रमण देखिएको छ । योसँगै सक्रिय संक्रमित बढेर ३२२ पुगेका छन् । 

जसमा सुदूरपश्चिममा सबैभन्दा बढी रहेका छन् । त्यस्तै काठमाडौं उपत्यकामा भएका संक्रमितमध्ये दिउँसो २ बजेसम्म १७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

त्यस्तै चार जना आईसीयूमा तथा एक जना भेन्टिलेटरमा रहेका छन् । 

बुधबार २८ जनामात्र संक्रमणमुक्त भएका छन् । बुधबार १८ हजार १४२ जनाले खोप लगाएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ