arrow

छ महिनापछि भारतमा एकैदिन साढे चार हजार कोरोना संक्रमित, कडा कदम चालिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
corona-india-child.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी द्रूत गतिमा बढिरहेको छ । छ महिनापछि भारतमा एकै दिन चार हजारभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । 

पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ४३५ कोरोना संक्रमित देखिएका हुन् । गत वर्षको सेप्टेम्बर २८ तारिखमा ४ हजार २७१ संक्रमित पाइएका थिए । 

पछिल्लो १५ दिनमा चार गुणाले संक्रमिमत बढेका छन् । २१ मार्चमा १ हजार १३४ संक्रमित भएकामा ४ अप्रिलमा आएर ४ हजार ४३५ संक्रमित पाइएका हुन् । 

हाल भारतमा २३ हजार ९१ सक्रिय संक्रमित रहेका छन् । गत वर्षको अक्टोबर १८ पछि पहिलो पटक सक्रिय संक्रमित यति धेरै भएका हुन् । 

पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । महाराष्ट्र र केरलका मात्रै ४–४ जना हुन् । 

भारतमा कोरोना नियन्त्रणका लागि कडा कदम चाल्न लागिएको बताइएको छ । स्वास्थ्य अधिकारीहरु बैठक बसेर अबको रणनीति तय गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ