arrow

झूठको खेती गर्दैं स्वर्णिम, गोविन्दको पक्षमा माहोल गएपछि राष्ट्रिय सभामा पठाइने भन्दै गलत प्रचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
swirnim-wagle-new.jpg

दमौली । तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मत माग्ने क्रममा झूठको खेती थालेका छन् । उनले आफूलाई भोट माग्ने क्रममा धेरैले उनलाई नभइ नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट दिने भनेसँगै उनले झूठको खेती गरेका हुन् । 

उनले गोविन्दलाई राष्ट्रिय सभामा लगेर न्याय गरिने भन्दै आफूलाई भोट मागेका थिए । मत माग्ने क्रममा तनहुँको भानु नगरपालिका पुगेका उनले गोविन्द भट्टराईलाई न्याय हुनुपर्ने बताएका थिए । मतदातामाझ आशावादी भएर पुगे पनि भट्टराईको पक्षमा नागरिक देखेपछि हतास देखिएका वाग्ले अन्यत्र प्रचारका लागि हिंडेका थिए ।

मत माग्ने क्रममा पुगेका स्थानीयले वाग्लेलाई तनहुँको विकासमा गोविन्द भट्टराईको योगदान रहेको भन्दै भट्टराईलाई नै मत दिने बताएका थिए । ‘गोविन्द भट्टराईले यहाँको विकासका लागि प्रशस्त योगदान दिनुभएको छ’,  मतदाताले भने, ‘उहाँलाई न्याय गर्नुपर्छ ।’

तर त्यसक्रममा हतास देखिएका उम्मेदवार वाग्लेले भट्टराईलाई राष्ट्रिय सभामा पठाइने भन्दै गलत दाबी गरेका थिए । वाग्ले कांग्रेस नभै रास्वपा उम्मेदवारका रुपमा मैदानमा छन् । 

तर उनले गलत सन्देश दिँदै आफूलाई भोट मागेका थिए । केही दिनअघि मात्रै वाग्लेले नेपाली कांग्रेस छाडेर रास्वपाको टिकट लिएर तनहुँ पुगेका हुन् । 

आफू जसरी पनि सांसद बन्नुपर्ने ध्यानमा लागेका वाग्लेले भट्टराईलाई राष्ट्रिय सभामा पठाउने कुरा गरेर अहिले आलोचित भएका छन् । न त उनी कुनै हैसियतमा छन् न त राष्ट्रिय सभामा उनको दलको कुनै हैसियत छ । 

यसरी प्रतिनिधि सभा सदस्य उम्मेदवारका रुपमा उत्रिएका भट्टराईको सहानूभूति लिएर गलत प्रचार गर्ने नियत उनमा देखिएको तनहुँका कांग्रेसीहरुको अड्कल छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ