arrow

उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिँदै

logo
उपनिर्वाचन
प्रकाशित २०७९ चैत २३ बिहिबार
upanirwachan-2080a.jpg

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिँदै छ । आज निर्वाचन आयोगले अपराह्न ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । 

तनहुँ क्षेत्र नम्बर १,चितवन क्षेत्र नम्बर २  र बारा क्षेत्र नम्बर २ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो । बुधवार आयोगले मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी साँझ ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गरेको थियो । 

सोही अनुसार  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारीविरुद्ध परेका तीन उजुरी खारेज गर्दै उम्मेदवारी कायम गरेको छ । 

 योसँगै आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दैछ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिह्न पाउनेछन् । 

वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ