arrow

आईएमई पेबाट चार एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
ime-pay-air-flight.jpg

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई  रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने भएका छन् । 

पछिल्लो समयमा आईएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरेसँगै विभिन्न एयरलाइन्स कम्पनीहरु यस फिचरको प्रयोग गर्ने उद्धेश्यले आईएमई पेसँग जोडिने प्रकृया शुरु भएको छ । 

यसै क्रममा आईएमई पेमार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकटहरु अब ग्राहकले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने छन् ।

ग्राहकले आईएमई पेबाट सुपथ मूल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नुका साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण मूल्य रिफन्ड पनि पाउन सक्ने कम्पनीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ