arrow

विपन्न बाटुलीको निःशुल्क उपचार गराए डा सुनील शर्माले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
dr-sunil-health-treatment-free.jpg

विराटनगर । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोलकी बाटुली विश्वकर्माको निःशुल्क उपचार गराइदिएका छन् । 

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले मुटुमा रगत जमेको र मस्तिष्कको नसामा समस्या देखिएकी विपन्न परिवारकी ५५ वर्षीया विकलाई नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गराइदिएका हुन् ।
    
रोगले सताए पनि उपचार गर्ने पैसा नहुँदा विश्वकर्मा पीडा सहेर घरमै बसिरहेकी थिइन् । उनी सुकुना खोला बगरको ऐलानी जग्गामा बनाइएको टाटीको झुपडीमा एक्लै बस्दै आएकी छिन् । 

प्रेसरले हानेर गत वर्ष बाटुलीका श्रीमानको मृत्यु भयो, छोराछोरी पनि छैनन् । सहारा दिने कोही नभएको र आर्थिक अवस्था कमजोर भएका कारण विश्वकर्माले उपचार गर्न नसकेको थाहा पाएपछि डा.शर्माले अस्पतालमा ल्याएर निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।
    
करिब एक साता अस्पतालमा राखेर उपचार गराएपछि विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ । पैसा नभएर उपचार गर्न नसकिरहेको अवस्थामा डा.शर्माले निःशुल्क उपचार गराइदिएपछि विक हर्षित छिन् । 

‘उपचार गर्ने पैसा नहुँदा दुखाई पीडा सहेर भए पनि घरमै बसिरहेकी थिएँ । यसरी सित्तैमा उपचार पाउँछु भन्ने सोचेको पनि थिइन,’ विश्वकर्माले भनिन्, ‘सुनील सरले धेरैलाई सहयोग गर्नुभएको सुनेकी थिएँ, समस्यामा परेका बेला अहिले आफैँले यत्रो सहयोग पाए ।’

समाजसेवी व्यक्तिको पहिचान बनाइसकेका डा. शर्माले बाटुली जस्ता सयौँ बिरामीलाई निःशुल्क उपचार गराइसकेका छन् । 

उनले आफ्नो चुनावी बाचाअनुसार चुनाव जितेको भोलिपल्टैबाट मोरङ–३ का जनताको उपचारका लागि नोबेलमा ५० शैयाको क्याबिन निःशुल्क उपलब्ध गराइरहेका छन् । 

गत प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका डा.शर्मा २२ हजार ७३६ मतान्तरसहित ४८ हजार ६३१ मत ल्याएर निर्वाचित भएका हुन् । 

चुनाव जितेमा सांसदले पाउने तलब भत्ता नलिने अग्रिम घोषणा गरेका डा.शर्माले सोही बमोजिम सरकारी तलब भत्ता पनि लिएका छैनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ