arrow

नेपालमा पीसीआर परीक्षणको २४ प्रतिशतमा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
nepal-corona-virus.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी द्रूत गतिमा फैलिएको छ । बिहीबार मात्रै ८५ संक्रमित थपिएका छन् । जसमा २७२ जनाको पीसीआर परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको छ । जुन २३.२ प्रतिशत हो । 

त्यस्तै १ हजार १३० एन्टिजेन परीक्षणबाट २२ संक्रमित पाइएका छन् । 

२७ जनामात्र निको भएका छन् । सक्रिय संक्रमित बढेर ३५८ पुगेका छन् । काठमाडौं उपत्यकामा पनि संक्रमित बढेका छन् । जसमा १७ जना संस्थागत आइसोलेसनमा, ४ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा रहेका छन् । 

बिहीबार २७ हजार ५६१ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ