arrow

बलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, घाइते ११ मध्ये तीन गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
accident-final-1618290232.jpg

मन्थली । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी मगर गाउँ नजिक भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार थप मृत्यु हुनेमा मन्थली नगरपालिका–७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन् ।    

बाँकी रहेका ११ घाइतेमध्ये तीन गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

दैनिकरूपमा कौछिनीबाट मन्थलीसम्म चल्दै आएको उक्त बलेरो बिहीबार अपराह्न १६ यात्रु र समान लिएर रामेछापको मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको जनाइएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ