arrow

मृतक चार जनाको सनाखत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
accident-final-1618290232.jpg

रामेछाप ।  रामेछापको मन्थलीमा भएको बलेरो दुर्घटनामा परी मृत्यु हुने पाँच जना मध्ये चार जनाको सनाखत भएको छ ।

 मन्थली नगरपालिका-७ को कौछिनी (मगर गाउँ नजिक) भएको दुर्घटनामा मृत्यु हुने मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङको सनाखत गरिएको हो ।

गम्भीर घाइते मध्यै मृत्यु भएका  मन्थली नगरपालिका-७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगरको सनाखत हुन बाकी छ । 

 कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा चार जनाकै घटनास्थलमै मृत्यु भएको थियो । बाँकी रहेका ११ घाइतेमध्ये तीन गम्भीर घाइतेको काठमाडौँमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ