arrow

चितवन क्षेत्र नम्बर २

जितनारायणले थाले घरदैलो, गगन र विश्वप्रकाश पुग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
jitnarayan-shrestha-congress-chitwan.jpg

चितवन । नेपाली कांग्रेसले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम शुरु गरेको छ। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले औपचारिक रुपमा आजदेखि घरदैलो कार्यक्रम शुरु गर्दै छन् ।

कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलका अनुसार उम्मेदवारी दर्तासँगै प्रचारप्रसार शुरु गरेको भए पनि औपचारिक रूपमा आजदेखि घरदैलो गरिँदै छ ।

 जिल्लामा हुन लागेको निर्वाचन केका कारणले हो भन्ने विषयमा समेत मतदातालाई प्रष्ट पार्दै घरदैलो गरिने श्रेष्ठले जानकारी दिए । उनले भने, “आजदेखि घरदैलो शुरु भएको छ । हामीले जनताको विश्वास र मत दुवै पाउने विश्वास छ ।” 

घरदैलो कार्यक्रमका लागि कांग्रेस शीर्ष नेतृत्व जिल्ला आउने कार्यक्रम रहेको छ । कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र  विश्वप्रकाश शर्मा लगायतका नेता घरदैलो कार्यक्रममा सहभागी हुन जिल्ला आउने कार्यक्रम रहेको उनले जानकारी दिए । 

सत्ता गठबन्धनले भरतपुर महानगरपालिका-३ बाट घरदैलो कार्यक्रमको शुरुआत गर्दै छ । कांग्रेसका उम्मेदवार श्रेष्ठलाई नेकपा माओवादी, नेकपा समाजवादी लगायतका सत्ता गठबन्धन दलहरूले सहयोग गर्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ