- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले उदयपुरको रौतामाई गाउँपालिकामा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
उक्त स्वास्थ्य शिविरमा उल्लेख्यमात्रामा बिरामीहरुले उपचार गराएका छन् । शुक्रबार भएको स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नुपर्ने बिरामीका हकमा काठमाडौंमा आए केएमसी अस्पतालमा निःशुल्क र विराटनगरको नोबेल अस्पतालमा गराउँदा ५० प्रतिशत छुट हुने डा. शर्माले बताए ।
डा. शर्माले लामो समयदेखि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै बिरामीहरुको सेवा गर्दै आएका छन् । उनी सो क्रममा देशका धेरै भागमा चिकित्सकको टोली लिएर पुगिसकेका छन् ।
शुक्रबार उदयपुरको विकट क्षेत्रमा पुगेका हुन् । केही दिनअघि मात्र उनी भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा पुगेर कांग्रेस नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थासमेत बुझेर आएका थिए ।