arrow

निजीकरण र कालोबजारी मौलाउँदै गएको भन्दै पत्रकारलाई ध्यान दिन चित्रबहादुरको आग्रह

logo
नारायण वली,
प्रकाशित २०७९ चैत २४ शुक्रबार
pragatishil-patrakar-sangh-2079.jpg

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियतामाथि गम्भीर संकट आएकाले पत्रकारहरुले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । उनले निजीकरण, कालोबजारी मौलाउँदै गएको, देशका दक्षजनशक्तिहरु दैनिक पलायन हुँदै गएकोमा राज्यको ध्यानाकर्षण नभएकोप्रति चिन्ता व्यक्त गरे ।  

शुक्रबार बुटवलमा आयोजित प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केसीले दूरदराज र समसामयिक विषयको उजागर गर्दै खोजपत्रकारिता गरेर देशको परिवर्तनमा कलम चलाउन जोड दिए ।

साथै उनले नेपालको राजनीतिक, सामाजिक र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका विषयमा जुझारुका साथ सञ्चारमाध्यमले आवाज र लेखन कार्यलाई कटिबद्ध रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । 

"प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितको रक्षाका लागि जनपक्षीय पत्रकारिता" भन्ने मूल नारासहित २०६४ सालमा दाङको भालुबाङमा गठन गरिएको संघले निरन्तर रुपमा जनपक्षीय पत्रकारिताको बारेमा काम गर्दै आएको प्रगतिशील पत्रकार संघ नेपालका संयोजक श्यामलाल पोख्रेलले बताए ।

संघका संस्थापक सदस्य सुमन अधिकारीले श्रमजीवी पत्रकारका सवालमा आवाज उठाउँदै आएको बताउँदै देशको विकास र बेथितिलाई निरुत्साहित गर्न मिसन पत्रकारिताको खाँचो रहेको जनाए ।

संघका केन्द्रीय सदस्य तिलक गाउँले, जनपत्रकार महासंघका हेमन्त वली, पत्रकार विनोद परियारले पत्रकारिता राजनीतिक स्तरबाटै उदाएको भन्दै २०४६ सालपछि देशमा व्यवसायीक पत्रकारितामा रुपान्तरण भएको वताए । राज्यले पत्रकारहरुको पक्षमा कुनै लगानी नगरेको दाबी गर्दै जबसम्म राज्यले लगानी नगर्दासम्म नेपाली पत्रकारिताको विकास नहुने तर्क गरे ।  

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल मूलधारको पत्रकारिताभित्र व्यवसायीक तथा मिसन पत्रकारिता गर्न आवश्यक रहेको भए पनि तर चुनौती धेरै रहेको जनाए । वक्ताहरुले नेपालको लोकतन्त्र, गणतन्त्र र तत्कालीन सशस्त्र जनयुद्ध लगायत अवस्थामा पत्रकारहरुले जोखिम मोलेर भए पनि कलम चलाएर राज्यका प्रमुख निकाय र जनताहरुलाई ससूचित गराउँदै आएको छ । तर पनि श्रमजीवी पत्रकारहरुको समस्यालाई राज्यले सम्बोधन गर्न नसकेकोप्रति खेद प्रकट गरे । 

देशको सुरक्षा र जनताको हकहितका लागि श्रमजीवी कलमजिविहरुले निरन्तर आफ्नो भूमिका निभाउँदै आएको वताउँदै प्रथम प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनको शुभकामना दिएका थिए ।

सम्मेलनमा संस्थापक केन्द्रीय सदस्य सुमन अधिकारी, जगदीश ढकाल, जीवन शाही सम्मान गरिएको थियो । सम्मेलनले अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ