arrow

यसरी गरियो नोबेल पुरस्कार विजेता पेरेजको अन्तिम बिदाइ

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
bill-clintons.jpeg
जेरुसेलम (इजरायल) । नोबेल शान्ति पुरस्कार विजेता इजरायलका पूर्वराष्ट्रपति सिमोन पेरेजलाई विश्वनेताले शुक्रबार अन्तिम श्रद्धाञ्जलि दिएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायतका राजकुमार चाल्र्सलगायतका विश्व नेताले कडा सुरक्षा व्यवस्थाबीच पेरेजलाई श्रद्धाञ्जलिसहित बिदाइ गरेका हुन् । 
 
प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बास पनि श्रद्धाञ्जलि समारोहको अघिल्लो लहरमा थिए । उनले पेरेजलाई सम्झौता गर्न वार्ता गर्ने नेताको रुपमा नजिकबाट चिनेको बताए । 
 
विश्वनेताको उपस्थितिका कारण जेरुसेलममा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो भने सडक बन्द गरिएको र हजारौँ कर्मचारी परिचालन गरिएको थियो । श्रद्धाञ्जलि समारोहमा झन्डै ७० देशका प्रतिनिधि सहभागी रहेका थिए । इजरायलका संस्थापक पिताको रुपमा चिनिने नेता पेरेजको निधन गत बुधबार ९३ वर्षको उमेरमा भएको हो । 
 
अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टनसहित झन्डै ५० हजार जनाले संसद् अगाडि राखिएको पेरेजको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका छन् । श्रद्धाञ्जलि दिने बेला क्लिन्टन शब्दविहीन बनेका थिए । 
 
इजरायल र प्यालेस्टाइनका बीचमा सन् १९९० मा भएको ओस्लो शान्ति सम्झौताका लागि क्लिनटनले सघाउनु भएको थियो, जसका कारण पेरेजले नोबेल शान्ति पुरस्कार पाए । पेरेसको मृत्युभएपछि क्लिनटनले उनलाई अपूर्व बुद्धि र मन भएको महान् व्यक्तिका रुपमा सम्झएका थिए । 
 
श्रद्धाञ्जलि समारोहमा ओबामा, क्लिनटन, इजरायली राष्ट्रपति रेउभेन रिभ्लीन, प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु, सभामुख युली इडेल्स्टेइन, चर्चित लेखक अमोस ओज, पेरेसका छोरा र छोरीले शोक मन्तव्य दिए । 
 
झन्डै सात दशकको राजनीतिक यात्राका क्रममा  पेरेस सन् २००७ देखि २०१४ सम्म प्रधानमन्त्री र राष्ट्रपतिसहित विभिन्न महत्वपूर्ण भूमिकामा रहेका थिए । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ