arrow

नेपालमा कोरोनाको संक्रमण २५ प्रतिशत पुग्यो, उपत्यकामा पाँच भेन्टिलेटरमा, आठ आईसीयूमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
nepal-corona-virus.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी फैलदो क्रम तीव्र रहेको छ । शनिबार पीसीआर परीक्षणको करिब २५ (२४.४१) प्रतिशत संक्रमित पाइएका छन् । 

१६८ जनाको पीसीआर परीक्षण भएकामा ४१ जना संक्रमित पाइएका हुन् । त्यस्तै १ हजार २ एन्टिजेन परीक्षणबाट २३ संक्रमित पाइएका छन् । शनिबार ६४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

५७ जना संक्रमणमुक्त भएका छन् । २० हजार २५७ जनाले खोप लगाएका छन् । हाल सक्रिय संक्रमित ३५७ रहेका छन् । 

काठमाडौं उपत्यकामा संक्रमितहरु गम्भीर प्रकृतिका रहेका छन् । १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

आईसीयूमा ८ जना रहेका छन् भने ५ जना भेन्टिलेटरमा रहेका छन् । अहिले सरकारी सबैजसो अस्पतालमा स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन् । 

परीक्षण कम भएका कारणले संक्रमित कम भएको पाइए पनि अहिले कोरोना तीव्र गतिमा फैलिएको बताइएको छ । 

भारतमा कोरोना बढेसँगै नेपालमा पनि संक्रमण दर उच्च रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ