arrow

मेस्सीको गोलमा पीएसजी विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
messi-psg-neice.jpg

काठमाडौं । लियोनल मेस्सीको गोलले फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निसमाथि सहज जित निकालेको छ । घरेलु टोली निसमाथि पीएसजीले  २–० को सहज जित निकाल्दै शीर्ष स्थानलाई कायमै राखेको हो । 

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलमा पहिलो हाफको  २६औं मिनेटमा मेस्सीले गोल गरे । पहिलो हाफमा नै १–० को अग्रता लिन सफल भएको पीएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुपर्यो ।

दोस्रो हाफको ७६औं मिनेटमा मेस्सीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । यो गोलसँगै खेल २–० को अवस्थामा टुंगियो । 

यस जितसँगै पीएसजीले शीर्ष स्थानलाई मजबुद बनाउने क्रममा ३० खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको लेन्स ३० खेलबाटै ६३ अंकसहित ६ अंकले पछि रहेको छ । 

तस्रो मार्सेको ६० तथा चौथो मोनाकोको ५७ अंक छ । निस भने ४५ अंक जोडेर आठौं स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ