arrow

राजा महेन्द्रले पोखरामा बनाएको दरबार खुला गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
ratna-darbar-pokhara.JPG

काठमाडौं ।  सरकारले पूर्व राजपरिवारका सदस्य पोखरा जाँदा बसोबास गर्ने रत्न मन्दिर (दरबार) खुला गर्ने तयारी थालेको छ । तत्कालीन राजा महेन्द्रले पोखरामा बस्न मिल्ने गरी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । 

शनिबार साँझ  संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले  रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए । सो अवसरमा उनले दरबार खुला गर्ने योजनाअनुसार व्यावसायिक योजना बनाउन नेपाल ट्रष्टको बैठक राखेर आग्रह गरिसकेको जानकारी दिए । नयाँ वर्षसँगै सर्वसाधारणले अवलोकन गर्ने गरी खुला गर्न काम अघि बढ्ने उनले बताए ।

पर्यटकीय सहर पोखरास्थित फेवातालको छेवैमा  रत्न मन्दिर (दरबार) रहेको छ ।  राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रम शाहले २०३६ मा हिमागृह बनाएका थिए । विसं २०१३ मा यो दरबारको निर्माण सुरु गरिएको थियो । सो दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो । 

 देशमा गणतन्त्र आएको ढेड दशक बित्दासमेत अझै सर्वसाधारणका लागि खुला भएका छैन । तत्कालीन राजपरिवारका देशका अन्य भागमा रहेका दरबार खुला हुँदासमेत पोखराका यी दुई दरबार खुला नभएपछि यहाँका पर्यटन व्यवसायीले लामो समयदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुला हुनुपर्ने माग गर्दै आएका छन् ।

गणतन्त्र घोषणापछि तत्कालीन राजा  वीरेन्द्र तथा राजपरिवारको नाममा रहेका सम्पूर्ण सम्पत्ति  ट्रष्ट मातहतमा ल्याउने सरकारी निर्णयअनुसार रत्न मन्दिर र हिमागृह  ट्रष्टको स्वामित्वमा छ । पोखरामा रहेका यी दुई दरबार खुला गरेर पर्यटकीय गन्तव्यका रूपमा विकास गरी पर्यटकको बसाइ लम्ब्याउनुपर्ने यहाँका पर्यटन व्यवसायीले आवाज उठाउँदै आएछन् । गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राज परिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर ट्रष्टको स्वामित्व छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ