arrow

अध्ययनको खुलासा - गर्भमा रहेको शिशुमा कोरोना, मस्तिष्कमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
corona-virus-covid-19.jpg

काठमाडौं ।  गर्भमा रहेको शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । एक अमेरिकी अध्ययनमा गर्भमा रहेको शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो । 

मियामी युनिभर्सिटीको अध्ययनका अनुसार  कोरोना संक्रमणका कारण दुई बालबालिकाको मस्तिष्कमा क्षति पुगेको खुलेको छ । 

 संक्रमणले महिलाबाट गर्भमा रहेको बच्चालाई असर गरेको र मस्तिष्कमा क्षति पुगेको यो पहिलो खुलासा हो । 

घटनामा १३ महिनामा एक शिशुको मृत्यु भएको थियो । पोस्टमार्टममा पनि यसको पुष्टि भएको पेडियाट्रिक्स जर्नलमा प्रकाशित छ ।

दुबै बच्चाहरू सन् २०२० को दोस्रो त्रैमासिकमा कोरोनाको डेल्टा भेरियन्टको लागि सकारात्मक परीक्षण गर्ने आमाबाट जन्मेका थिए। 

सो समय कोरोनाको खोप बजारमा उपलब्ध थिएन । ती बच्चाहरू जन्मिएकै दिन दुवै बच्चालाई स्ट्रोक भएको थियो र उनीहरूको मानसिक विकास सुस्त थियो। 

शोधकर्ताहरूले भनेका छन्,' एक बच्चाको १३ महिनाको उमेरमा मृत्यु भएको थियो भने अर्कोलाई अस्पतालमा राखिएको छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ