arrow

प्रचण्ड किन पुगे एमाले सचिवको निवास ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
prachanda-lekhraj.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले सचिवको निवासमा पुगेका छन् । 

सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले सचिव लेखराज भट्टको निवासमा पुगेका हुन् । 

धनगढी विमानस्थलमा ओर्लिएसँगै प्रचण्ड भट्ट निवास पुगेका थिए । भट्टको कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियामा घर रहेको छ ।
 
सचिव भट्टले आइतबार बिहान प्रधानमन्त्री दाहाललाई चिया निम्तो दिएपछि विमानबाट उत्रेर प्रचण्ड भट्टलाई भेट्न पुगेका हुन् । भट्ट निवासमा चिया नास्तासँगै दुवैबीच भेट वार्ता भएको छ ।

भट्ट नकपा गठन हुनु अघि माओवादीमा थिए ।  नेकपा विभाजनपछि रामबहादुर बादल, टोपबहादुर रायमाझीसँगै भट्ट पनि एमालेमा गएका थिए । 

 प्रधानमन्त्री आजै काठमाडौँ फर्किँदै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ