arrow

दुर्गा प्रसाईसँग दुई करोड मागेपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
dhakakumar-shrestha-rsp.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले कारबाही गर्न लागेको हो । 

उपसभापति डोलप्रसाद अर्यालले समानुपातिक सांसद श्रेष्ठलाई कारबाही गर्ने बारेमा पार्टीमा छलफल भइरहेको बताए । उनले तत्काल कुनै निर्णय नभएको र छलफल चलिरहेको बताए । 

मिडियामा निलम्बनको समाचार आइसकेको बारेमा आक्रोशित हुँदै आफूहरु छलफलमा रहँदा रहँदै कसले बाहिर कुरा ल्यायो पहिले उसलाई कारबाही गर्नुपर्ने भयो भने । 

के छ सार्वजनिक अडियोमा ? 

दुर्गा– ए नमस्ते के छ हालखबर ?

ढाका– म पनि भर्खर–भर्खर उठेको। 

दुर्गा– ए अनि त्यही त मैले पनि राति फोन अफ गरेँ। अफ भनेको सुत्न टाइम भएर चार्ज गरेर सुतेँ। अनि खासचाहिँ के हो कुरा अलिकति भन्नु त डाक्टर साब।  

ढाका– स्वास्थ्य हामीले पाउने भयो...कोर टिम छ। दुई तीन जनाको। तिनीहरूले भनिराखेका छन्। दुई जति चाहियो भनेर मलाई हिजो। मेरो पक्काचाहिँ पक्का भयो। आज मैले फिक्स गर्नुछ के सर। अब म फेरि आर्थिकमा त्यस्तो साह्रै ऊ छैन। मन्त्री पनि बन्नुपर्‍यो। फेरि यो स्वास्थ्य क्षेत्र धोइपखाली गरेर, पूरा सुधार पनि गर्नुछ। मैले धेरै गर्नुपर्छ भनेर सोच गरेको छु। त्यसमा अब हजुरहरूको साथ, सहयोग, चाहियो भन्नेकुरा हो के अब।

दुर्गा– मैले एउटा कुरा बुझ्न खोजेको डाक्टरसाब, राष्ट्रिय स्वतन्त्र पार्टीमा म त डाक्टर भनेको तोसिमा कार्की मात्रै छिन् भनेर बुझेको थिएँ त। 

ढाका– हैन नि। हामी तीन जना छौं।

दुर्गा– को–को छन् ?

ढाका– म भएँ, तोसिमा र चन्दा कार्की । 

दुर्गा– ए चन्दा म्याम पो हुनुहुन्छ त है। डाक्टर साबको घर कहाँ हो ? 

ढाका– मेरो घर पोखरा हो सर। 

दुर्गा– अनि एमबिबिएस कहाँ गरेको ? 

ढाका– मैले चाइनामा...

दुर्गा– अनि एमडी ? 

ढाका– अहिले मैले एमडी गरेको छैन। एमबीबीएसमात्रै हो। पछिचाहिँ अर्कै पढ्ने भन्दाभन्दै पोलिटिक्सतिर आएँ। 

दुर्गा– अब हेर्नुस् है धेरै समस्या छ स्वास्थ्य क्षेत्रमा। अब देशमा भएका सबै नर्सिङ कलेज बन्द गराए। आज नर्स पढ्न पाउँदैनन् । मैले त जहिल्यै भनेको छु नि। दुबईमा चेलिबेटीले डान्सबारमा डान्स गर्नुभन्दा नर्स पठाऔं । हो कि हैन। भन्नु त । 

विदेशबाट इन्डियाबाट विद्यार्थी ल्याउँ। पढाऔं। कति राम्रो कुरा गरेको मैले। अहिले त मैले डाक्टर उत्पादन गरौं । बरू सय वटा मेडिकल कलेज खोलौं । होकि हैन ।

ढाका– हो, हो। हो नि ।

दुर्गा– अनि डाक्टरसाबको नाम ढकबहादुर कि के हो ?

ढाका– ढाकाकुमार श्रेष्ठ।     

दुर्गा– ढाकाकुमार श्रेष्ठ । अच्छा मैले कुरा बुझेँ । सल्लाह गरेर अघि बढौंला। अनि फेरि। तपाईंसँग मैले भन्‍न खोजेको। अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा। 

ढाका– मुकुलजीलाई त थाहा छैन सर यो। मुकुलजी पनि कोर टिममा हुनुहुन्न के ...

दुर्गा– ए ।

ढाका– बाहिर त महामन्त्री नै हो। अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई–तीन जना छुट्टै हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने, शुरूवाती क्षणदेखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन् फेरि। दुई–साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन् । पछि चेक दिएँ भनेपनि मान्छन् एक–दुई दिन...

दुर्गा– आज फेरि बन्द छ। सुन्नुस है। कुरा। बैंकबाट ९ लाख ९९ हजार भन्दा माथिको चेक साटिँदैन। हेर्नुस् है। अब क्लियर कुरा। म दिन्छु। म सहयोग गर्छु। तपाईंले भनिहाल्नुभयो। भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले।

ढाका– हैन त्यो त म गर्छु। मलाई त यो दिक्क लाग्छ के गोविन्द केसी देखेर नि। कहिले मर्छजस्तो लाग्छ। एमबिबिएस पढ्न नपाएको पनि तिनैले नै गर्दा हो।

दुर्गा– अनि मैले मेरो छोरीलाई टोकियो पठाउनुपर्‍यो तीन करोड तिरेर एमडी गराउनको लागि । यहाँ आफ्नोमा रेडिएसन अन्कोलोजी पढाउन पाइन मैले ।

ढाका– त्यही त सर। यो बेथिति छ।

दुर्गा– मेरो त हेर्नुस् न कति मरेको छु। मेरो मेडिकल कलेज हेर्नुस् त सबै भौतिक पूर्वाधार पुगेको काठमाडौं उपत्यका बाहिर मेची अन्चलमा ३२ लाख पपुलेशन छ। म मरेको छु कि छैन भन्नुस् त। म त मर्न मात्रै बाँकी छ।

ढाका– त्यही त । यो हटाउनुपर्छ यस्तो कुराहरू। यसको समाधान गर्नुपर्छ।

दुर्गा– अनि शिक्षाचाहिँ कसले लिने भयो सर ? भाइ ?

ढाका– शिक्षा हामीलाई परेनजस्तो छ सर।

दुर्गा– शिक्षाचाहिँ सायद हजुरबुवाले राखेका होलान् ।

ढाका– अँ होला।

दुर्गा– किनभने मलाई अफिलियसन दिनुपर्नेछ हजुरबुवाले। अब किनभने सबैकुरा सक्केको छ हौ काठमाडौं युनिभर्सिटीले नि तपाईको अफिलियसन दिएको छ। 

सिट मात्रै तोकेको छैन । नारायणकाजीको मान्छे हो नी त्यो गिरी। त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो क्या त्‍यो।

ढाका– ल निश्चिन्त हुनुहोस्। तपाईं म मिलेर काम गर्ने हो।

दुर्गा– भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ। भोलि बेलुकी नै म काठमाडौं आउला। अब तपाईंलाई गर्ने सहयोग म गर्छु। तपाईंले जुन भन्नुभयो नि दुई। म आएर गरौंला। तर अलिकति टाइम लाग्छ है पैसा त्यत्तिकै निस्किँदैन। हचुवामा। मिलाएर निकाल्न पर्छ। बैंकले जम्मै सिस्टम खोज्छ। त्यति सजिलो छैन। बाकसमा भ्वाकभ्वाक निकालेर गाह्रो छ। कुरा बुझ्नुभयो के। कसैले पनि दिन सक्दैन आजको आज पैसा।

दुर्गा– यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नि हैन ?

ढाका– अँ... मैले रवि सरलाईभन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन् क्यार।

दुर्गा– तपाईंलाई मैले के ग्यारेन्टी गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ। तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु। त्यसको पिर नगर्नुस्। उनीहरूसँग टाइम लिनुस् ल म दिन्छु भनेर भन्नुस्। सत्य कुरा। तपाईं र म भेट्नुपर्छ। भेटिराख्नु पनि पर्दैन। फोन पनि गर्नुपर्दैन। म जति भिडेको छु नी स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ ? कुरो बुझ्नुभएन ?

तपाईंलाई म उ दिन्छु। आइडिया दिन्छु। यो दुई करोडको ग्यारेन्टी भयो। म दिन्छु। पिर नगर्नु। तपाईं अघि बढ्नुस्। है। अब फेरि तोसिमाले लडाइँ त गर्दिनन् नि ? तोसिमा कार्कीले ?

ढाका– हैन गर्दैनन्। गर्दैनन्। टिमले गरेपछि सक्यो। हामीले रवि सरलाई म्यान्डेट दिएका छौं। उहाँले जसलाई राख्नुभयो राख्नुभयो।

दुर्गा– ए...ल। अब यस्तो भयो नी त। तोसिमाले पैसा निकाल्न पनि सक्दिनन्। किन भन्नु न। गोविन्द केसीको मान्छे भनेको छ नि कहीँ कुरै गर्न मिल्दैन। उसँग डराउँछन् ।

ढाका– तिनी मन्त्री भइन् भनेपनि काम पनि छैन नि ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ