arrow

आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ – रवि लामिछाने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
ravi-lamichhane-2079-12-18.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले आफूलाई चुनाव हराउने अभियानका क्रममा अडियो सार्वजनिक भएको भन्दै त्यसले कुनै फरक नपार्ने बताएका छन् । 

उनले भ्रष्टाचारविरुद्धको आफ्नो अभियान जारी रहेको बताउँदै पार्टीभित्रका जो कोही भए पनि कारबाही हुने बताए । उनले भनेका छन्, ‘दोषी ठहर भए अर्को व्यक्तिलाई सांसद ल्याउछौँ ।’

सामाजिक संजालबाट पनि उनले उत्तिकै काउन्टर दिइरहेका छन् । उनले लेखेका छन्, ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने, पुज्ने पार्टी होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहँदैनौं । कडा भन्दा कडा कारबाही गर्छौं । आलु  कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ।’

उनले आफ्नो पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको दुई करोड काण्डबारे बोल्दै आइतबार ७२ घण्टाको समय मागेका थिए । छानबिन गर्न पार्टीको अनुशासन समितिलाई ७२ घण्टाको समय दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ