arrow

कोरोनाको ग्राफ सुदूरपश्चिममा पनि बढ्यो, एकैदिन थपिए २० संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
corona-virus-covid-19.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सात सय ६८ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमूना परीक्षण गरिएकोमा १६ जना र ३३ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परीक्षणमा पोजेटिभ देखिएकामा १७ जना कैलालीका, दुई जना कञ्चनपुर र एक बैतडी जिल्लाका रहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ