arrow

अर्थतन्त्र सुधारका लागि दीर्घकालीन योजना आवश्यक : भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
baburam-bhattartai-2079-03-28.jpg

चन्द्रौटा ।  पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको अर्थतन्त्रमा आएको समस्यालाई सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् । 

अहिलेको अर्थतन्त्र परम्परावादी र आधुनिकतावाद बीचको सङ्क्रमणबाट गुज्रिएको उनले टिप्पणी गरे । सोमबार कपिलवस्तुको चन्द्रौटामा कार्यक्रतासँग भेट गर्दै नेता भट्टराईले पछिल्लो समय कृषितन्त्र भत्किँदै आयातमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको बताए । 

केही समयअघि उद्योगमा समस्या आएको र अहिले कृषिमा समस्या सिर्जना भएकाले यसलाई सुधार्न सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने जिकिर गरे ।  अहिले नेपालले श्रम निर्यात र वस्तु आयात गरिररेले थप समस्या सिर्जना हुन सक्ने सम्भावना रहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ