arrow

प्रहरी नेतृत्वलाई चुनौती दिँदै गुन्डा नाइके चक्रे मिलनले गरे खुलेआम हतियार प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
chakre-milan-hatiyar.jpg

काठमाडौं । नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) आएपछि उनको पदलाई नै चुनौती दिने गरी गुण्डाहरु सल्बलाउन थालेका छन् । लामो समय गुमनाम रहेका गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) ले वर्तमान शान्ति सुरक्षालाई नै चुनौती दिदै अध्याधुनिक हतियार प्रर्दशन गरेपछि शान्ति सुरक्षालाई चुनौती दिएका हुन् । 

नेपालगञ्जमा उनको सुरक्षामा खटिएका एक व्यक्तिले एके ४७ रिभल्वर बोकेको देखिए पछि शान्ति सुरक्षा र प्रहरी प्रशासनलाई चुनौती दिएको पुष्टि भएको छ । प्रहरीले पनि यो विषयलाई गम्भीरपूर्वक लिएको छैन । 

बाँकेका एसपी सन्तोषसिंह राठौरले अत्याधुनिक हतियार सहित सुरक्षा गार्ड लिएर हिँडेका चक्रे मिलनलाई पक्राउ गर्न सकेका छैनन् । चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटीलाई भने आइतबार राति पक्राउ गरिएको राठौरले बताए ।

राजधानीको चक्रपथ र ठमेल क्षेत्रमा गुण्डागर्दीको राज चलाउँदै आएका चक्रेको अहिले अत्याधुनिक हतियार एके ४७ को सुरक्षामा नेपालगञ्जमा देखिएका भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर पनि प्रहरी मौन जस्तै बसेको छ । 

उक्त भिडियोमा चक्रेको पछि–पछि हिँडेका बोगटीको साथमा एके ४७ हतियार देखिएको छ । ज्ञानेन्द्र वली ५७ नाम राखेर टिकटकबाट सार्वजनिक गरिएको उक्त भिडियोमा नेपालगञ्जको सिद्धार्थ होटलबाट बाहिरिँदै गरेका चक्रे मिलनसँगै रहेका एक युवकले बन्दुक बोकेको देखिएको छ । 

नेपालगञ्जकै ज्ञानु वली र विमल केसीको निमन्त्रणमा नेपालगञ्ज पुगेका चक्रेको साथमा बोगटी थिए । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले सो विषयमा प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताएका छन् ।

 ‘प्रहरीले बाँकेका एसपीलाई निर्देशन दिइसकेको छ, उनलाई अवैध हतियार बोकेर हिँड्ने छुट छैन कानून बमोजिम कारवाही हुनेछ’, पोखरेलले भने । 

गुण्डा नाइकेहरु घैंटे भनिने कुमार श्रेष्ठ र दिनेश अधिकारी चरी प्रहरी इन्काउन्टरमा मारिएपछि गुण्डागर्दी शून्यमा झरेको भए पनि अहिले चक्रे मिलनले सो हतियार प्रदर्शन गरेपछि भने गुण्डाहरु सल्बलाउन थालेको पुष्टि भएको छ । उनी यतिबेला बाँकेमै रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ