arrow

माओवादीको सचेतकमा चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
maoist-cpn.jpg

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएका छन् । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए ।
 
चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन् । उनी कैलालीबाट प्रतिनिधित्व गर्छन् । माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ ।
 
बैठकले संसद्मा सशक्त ढङ्गबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद सापकोटाले जानकारी दिए ।
 
सरकारले सदनमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटका सन्दर्भमा सक्रियतापूर्वक लाग्ने निर्णयसमेत बैठकले गरेको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालव ‘प्रचण्ड’ ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्‍याउन दलहरूसँग भएका छलफलका बारेमा ‘ब्रिफिङ’ गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ