arrow

जलवायु परियोजनामा सामेल हुने ४४ देशको चाहना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
climate-change-photo.jpg

आईएमएफ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले जलवायु परिर्वतनसम्बन्धी आईएमएफको ४० अर्ब अमेरिकी डलरको रिजिलेन्स एण्ड सस्टेनेबिलिटी ट्रष्ट(आरएसटी)का परियोजनामा सहभागी हुने चाहना विश्वका ४४ देशले गरेका बताएका छन् । 

एक वर्षअघि स्थापना भएको आरएसटीले कम आय भएका तथा कमजोर मध्यम आय भएका देशलाई आर्थिक सहयोग प्रदान गरी जलवायु परिवर्तनजस्ता प्रणालीगत जोखिम सामना गर्दै दिगो आर्थिक नीति प्रवद्र्धनको लक्ष्य लिएको छ । आरएसटीले मानव सृजित हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्न निर्धन देशका निम्ति सहयोगको उक्त कोष स्थापना गरेको हो । 

प्रबन्ध निर्देशक जर्जिएभाका अनुसार रुवाण्डा, बार्बाडोस, कोस्टारिका, बङ्गलादेश र जमैकाले कोषबाट सहयोग प्राप्त गर्न सम्झौता गरेका छन् । उदीयमान बजार र अर्थतन्त्रमा निजी लगानीका अवरोध हटाउन मद्दत गर्ने उक्त कोष आफैमा जलवायु सङ्कट समाधान नभए पनि त्यसले केही योगदान गर्ने उनले बताएका छन् । 

जलवायु परिवर्तनका कारण उत्पन्न हुने सङ्कट नियन्त्रण गर्न धेरै काम गर्न बाँकी रहेको बताउँदै प्रबन्ध निर्देशक जर्जिएभाले नीति, लगानी र वित्तीय सहायता अत्यावश्यक भएकामा जोड दिए । उनले जलवायु चुनौतीलाई अवसरमा परिणत गर्न बहुपक्षीय संस्था, राष्ट्रिय अधिकारी र निजीक्षेत्रबीच सहकार्य हुनुपर्ने बताए । नवीकरणीय ऊर्जाको उपयोग बढाउने तथा जलवायु सङ्कटबारे सर्वसाधारणको चेतना अभिवृद्धि पनि उत्तिकै महत्वपूर्ण भएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ