arrow

कोशी प्रदेशमा भूकम्पको झड्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
earthquake2.jpg

झापा । कोशी प्रदेशमा भूकम्पको झड्का महसुस गरिएको छ । भारतको बिहारमा भूकम्प जाँदा त्यसको झट्का कोशी प्रदेशका स्थानीयले महसुस गरेका हुन् । अमेरिकन जियोलोजिकल सर्भेका अनुसार आज बिहान ५:५० बजे भारतको बिहार राज्य केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । 

कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भूकम्पको झड्का महसुस गरिएको स्थानीयहरूले जानकारी दिएका छन् । अहिलेसम्म प्राप्त जानकारी अनुसार भूकम्पको असरले क्षति पुर्‍याएको कुनै विवरण प्राप्त भएको छैन । 

एकाबिहानै आएको भूकम्पले मानिसहरूमा सामान्य त्रास भने सिर्जना गरेको छ । नेपालमा २०७२ वैशाख १२ को आम विनाशकारी भूकम्प गएको ८ वर्ष पूरा हुनै लागेको छ ।  नेपालमा ससाना भूकम्प जाने क्रम जारी नै छ भने मानिसहरूमा अझै भूकम्पको त्रास कायमै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ