arrow

सिराहा अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । प्रादेशिक अस्पताल सिराहामा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । सिराहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो । 

दिउँसो २ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ । आगलागी हुँदा बिरामीको भागाभाग भएको थियो । 

यसैबीच बिरामीहरूको भागाभाग हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एक जना बिरामीको मृत्यु भएको छ । 

सिराहाको बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदीप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ