arrow

पूर्वका कृषकहरुलाई ७८ लाख हस्तान्तरण

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
Eastern-Nepal.jpg.jpeg
कौशल निरौला, विराटनगर। व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले पूर्वक्षेत्रका व्यवसायीक किसानहरुलाई दोस्रोचरण अन्तरगतको रकम हस्तान्तरण गरेको छ । आयोजनाको कार्यालय विराटनगरले एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरेको हो । 
 
कार्यक्रममा  प्याक्टका वरिष्ठ अनुगमन तथा मूल्याङन अधिकृत भानुभक्त मैनाली र अनुगमन तथा मुल्याङन अधिकृत बसन्त राज अर्यालले कृषकहरुलाई चेक हस्तान्तरण गर्नु भएको थियो । 
 
कार्यक्रममा दोस्रो चरण र बाँकी रहेको पहिलो चरणको गरी ७८ लाख १३ हजार ९ सय ५० रुपैया कृषकहरुलाई हस्तान्तरण गरिएको कार्यालयले जानकारी दिएको छ । 
पूर्वक्षेत्रका ओखलढुङ्गा, सोलुखुम्वुका कृषकहरुलाई रकम हस्तान्तरण गरिसकिएको र इलाम,उदयपुर र संखुवासभाको भने प्रक्रियामा रहेको मूल्याङन अधिकृत बसन्त अर्यालले जानकारी दिनुभयो । 
 
कृषकसँगको पहुँच वृद्धि र साना किसान तथा सहकारी समूहलाई लक्षित गरेर गरिएको काम पूर्व क्षेत्रमा प्रभावकारी भएको अर्यालको भनाइ छ । ओखलढुङ्गा र सोलुखुम्वुबाट आएका कृषकहरुले प्याक्टको सहयोगका कारण व्यवसायीक कृषी व्यवसाय गर्न सकिएकोमा खुसी व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ