arrow

भारतले काश्मिरका मानव बस्ती खाली गरायो

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
evacuation.jpeg
हक अल्लाहबक्स (भारत)। भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् । 
 
दुई देशबीच तनाव अत्यन्त चुलिएकोले सम्भावित खतराबाट सर्वसाधारण जनतालाई सुरक्षित राख्न उनीहरूलाई सार्नु परेको भारतीय अधिकारीहरूको कथन छ । 
 
सीमा पारीबाट हुनसक्ने बम, गोला प्रहारबाट जोगिनका लागि काश्मिरका कतिपय ग्रामीण इलाकाका बासिन्दालाई सचेत गराइएको र घर छोडी अन्यत्र जानै नसक्ने अवस्था परेमा घर बाहिर ननिस्कनसमेत सूचना गरिएको छ । 
 
पाकिस्तानबाट हुनसक्ने सम्भावित खतरा र गडबडीलाई दृष्टिगत गरी उत्तरी पञ्जाब राज्यमा पनि पाकिस्तानी सीमाबाट दश किलो मिटर भित्रसम्मका ग्रामीण बस्तीलाई पनि अन्यत्र सारिएको बताइन्छ । 
 
सारिएकाहरूलाई स्थानीय विद्यालय, गुरुद्वारा वा मन्दिरको हातामा कडा सुरक्षाबीच अस्थायी बसोबास गराइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 
 
आफ्नो घरबार, सरसामान बालीनाली, बस्तुभाउ माया मारी बिरानो ठाउँमा आउनु पर्दा दुःखी हुनु परे ता पनि राष्ट्रका लागि अझै दुःख झेल्न तयार भएको एक व्यक्तिले बताएका छन् । 
 
यसैबीच, आफ्नो सीमाक्षेत्र भित्र जबर्जस्ती प्रवेश गरेको भन्ने आरोप लगाई पाकिस्तानले बन्दी बनाएको भारतीय सैनिकलाई मुक्त गर्न भारतले हरसम्भव प्रयत्न गरिरहेको बताइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ