arrow

यो वर्षको अन्तिम दिन कस्तो हुनेछ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
rashifal-horoscope-2-1619916090.jpg
तस्बिर – फाइल ।

आजको पञ्चाङ्ग
मिति २०७९ चैत्र ३० गते बिहीबार, इस्वीसंवत अप्रिल १३ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४४, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको अष्टमी तिथि राशिमा १२ः२७ मिनेटसम्म त्यसपश्चात् नवमी तिथि लाग्नेछ ।

नक्षत्रमा पूर्वाषाढा बिहानमा ९ः५६ बजेसम्म त्यसश्चात् उत्तरषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शिव बिहानमा ११ः५७ बजेसम्म त्यसपछि सिद्धि योग लाग्नेछ । करणमा कौलव रातिमा १२ः२७ बजेसम्म त्यसपछि गर करण लाग्नेछ । आनन्दादि योगमा धाता रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा धनु राशिमा दिनमा ३ः३२ बजेसम्म त्यसपश्चात् मकर राशिमा प्रवेश गर्नेछ । दिनमान ३१ घटि ४७ पला अर्थात १२ घण्टा ४५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः४४ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ०६ः२७ बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा १२ः५२ बजे हुनेछ भने चन्द्रअस्त भोलि बिहान ११ः१० बजे हुनेछ । आज अष्टमी व्रत गर्ने दिन रहेको छ । 

आजको राशिफल
मेषः मेष राशि भएकाहरूका आज समय खराब रहनेछ । काम गर्ने सवालमा होसियार रहनुहोला । काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानी हुँने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रमको फल अरुले नै हत्याउन कोसिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । परीक्षामा पनि राम्रो नतिजा नआउँदा तनाव उत्पन्न हुनेछ । 

बृषः वृष राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दो रहनेछैन । सरकारी तथा प्रशासनिक स्तरबाट आवश्यक सहयोग नपाईने हुदा समयमा कामहरु सम्पादन हुने छैनन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी हुनेछैन । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ ।

 मिथुनः मिथुन राशि भएकाहरूका लागि समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने विभिन्न क्रियाकलापमा सहभागी भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हुँदा मन प्रशन्न रहनेछ । आज तपाईको हातमा टाढाबाट धन प्राप्त हुनेछ । बिहान आफन्तसँगको भेटघाटले दिनभर खुशीयाली छाउनेछ । तर आज दक्षिणतर्फको यात्रा जोखिमपूर्ण देखिन्छ ।

कर्कटः कर्कट राशिका लागि आज स्वास्थ्य भरपर्दो रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानी फस्टाएर जाने तथा आम्दानीका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागी भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमतापूर्वक गरिएको श्रमबाट मनग्य रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरीको यात्रा तय गर्न सकिनेछ । 

सिंहः सिंह राशि भएकाहरूका लागि आज समय शुभ छैन । नीति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । शत्रुले दुःख दिनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुने छैनन् । सीमित स्रोत तथा साधनबाट असीमित आवश्यक्ताहरु पूरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानीका स्रोतहरु साघुरा हुनेछन् । आज पारिवारिक तनाव पनि बढ्न सक्छ त्यसमा तपाइँ पुरुषहरु विशेष सतर्क हुन आवश्यक छ । 

कन्याः कन्या राशि भएकाहरूका लागि आज समय तथा स्वास्थ्य राम्रो छैन । आफन्तहरु टाढिनेछन् भने शुभचिन्तकको सहयोग तथा समर्थन पाईने छैन । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा पनि आलोचनाको सिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अविश्वास बढ्नेछ भने घर आमासँग पनि मनमुटाव सिर्जना हुनेछ । आज टाढाको यात्रा र घरबाहिर खानेकुरा नखानुहोला । 

तुलाः तुला राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै शुभ छ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने तपाईले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएर जानेछन् । छोटो तथा लामो दुरीको उपलब्धिमूलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखी कामहरु गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय खराब छ । राजनीति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुसन्धान गरि प्रस्तुत हुनुहोला किनकी प्रतिस्पर्धीहरु तपाईभन्दा बलिया हुन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हावी हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरु निरर्थक हुनेछन् ।

धनुः धनु राशिका लागि आज पनि स्वास्थ्य सबल रहनेछ । राम्रो कम्पनीबाट नोकरीको प्रस्ताव आउन सक्छ । कामका लागि विदेश जाने सम्भावना पनि छ । आर्थिक क्षेत्रमा तपाईँका लागि मिश्रित फलदायक छ । आर्थिक क्षेत्रमा उतारचढाउ आउन सक्छन् । तपाईँको आय र व्ययमा निकै फरक आउन सक्छ र त्यसैले आर्थिक जीवनमा आय र व्ययमा उचित समायोजन गर्नुहोला । शैक्षिक क्षेत्रबाट पुरस्कृत हुने अवसर पनि आज मिल्न सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मकरः मकर राशि भएकाहरूका लागि आज पनि समय तथा स्वास्थ्य अनुकुल छैन । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानी गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वसँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ । आज दक्षिणतर्फको यात्रा नगर्नुहोला । तपाइँको हातबाट नगद कारोबार पनि नगर्नुहोला ।

कुम्भः कुम्भ राशिका लागि आज पनि समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आर्थिक क्षेत्रमा तपाईँले एउटा ठूलो उपलब्धि हासेल गर्नु हुने छ । आर्थिक लाभका बलिया अवसरहरू छन् । ब्यापारमा नयाँ विचारले तपाईँलाई आर्थिक लाभ वृद्धि गर्नमा मद्दत गर्ने छन् । आज तपाईँ प्रशस्त धन कमाउन सफल हुनुहुने छ । पठनपाठन र चिन्तन मननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । शैक्षिक, प्राज्ञिक, बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा ध्यान दिने समय आएको छ । 

मीनः मीन राशि भएकाहरूका लागि आज समय मध्यम छ । तपाईँले आरोह अवरोहको सामना गर्नु पर्नेछ । प्रेम जीवनका लागि अनुकूल छैन । प्रेम जीवनमा चुनौतिको सामना गर्नु पर्न सक्छ । नोकरी र ब्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ । गाडी सावधानीपूर्वक हाक्नुहोला । आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ । दिदी बहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुन सक्छ । पढाई लेखाईमा ध्यान नजाँदा नतिजा अरुकै पक्षमा आउनेछ ।

साइतः सूर्य मीन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला
बिहान ०५ः४३ बजेदेखि      ०७ः१८ बजेसम्म     शुभ बेला
बिहान ०७ः१८ बजेदेखि      ०८ः५३ बजेसम्म     रोग बेला
बिहान ०८ः५३ बजेदेखि      १०ः२९ बजेसम्म     उद्धेग बेला
बिहान १०ः२९ बजेदेखि       १२ः०४ बजेसम्म    चर बेला
दिनमा १२ः०४ बजेदेखि       १ः४० बजेसम्म     लाभ बेला
दिनमा १ः४० बजेदेखि        ३ः१५ बजेसम्म     अमृत बेला
दिनमा ३ः१५ बजेदेखि        ४ः५१ बजेसम्म     काल बेला
साँझ ४ः५१ बजेदेखि        ६ः२३ बजेसम्म      शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ