arrow

प्रधानमन्त्रीलाई तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न बारको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
nepal-bar-pm-prachanda.jpg

काठमाडौं । प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले ध्यानाकर्षण गराएका छन् ।  

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूले  प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । 

छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सोहीक्रममा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ