arrow

गण्डकीमा वैशाख ९ गते संसदको विशेष अधिवेशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
gandaki-pradesh.JPG

पोखरा । गण्डकी प्रदेश सरकारले वैशाख ९ गते संसदको विशेष अधिवेशन बोलाउने भएको छ ।

हिजो बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले विशेष अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

माओवादी केन्द्रले समर्थन फिर्ता लिँदै चैत १० गते सरकारबाट बाहिरिएपछि अधिकार सरकार अल्पमतमा परेको थियो । 

९ गतेको विशेष अधिवेशनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव लैजान्छन् वा संवोधन गरेर राजीनामा दिन्छन् त्यो भने हेर्न बाँकी छ ।

६० सदस्यीय प्रदेश सभामा एमालेको २२ र राप्रपाको २ मत छ । त्यसवाहेक अब बन्ने सरकारका लागि कांग्रेसको २८, माओवादीको सभामुख वाहेक ७ जना छन् । 

स्वतन्त्रबाट जितेका दीपक मनाङे अहिले एकीकृत समाजवादीमा गएको भनिए पनि संसदमा उनी स्वतन्त्रकै हैसियतमा छन् ।

माओवादी र राप्रपाको समर्थन लिएर सरकार बनाएका खगराजले पुस २५ मा मुख्यमन्त्रीको सपथ लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ