- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यस वर्ष तपाईका ग्रह सामान्यतया राम्रा छन् । पहिलो वृहस्पति केही अनुकूल हुने हुनाले शैक्षिक क्षेत्रमा केही सफलता मिल्नेछ । तर केही मानसिक तनाव पनि हुनेछ । कुम्भ राशिमा रहेको एकादश शनिले अनेक माध्यमबाट आर्थिक लाभ हुनेछ, स्थिर सम्पत्तिमा पनि निकै वृद्धि हुनेछ । कृषि तथा व्यावसायिक उन्नति भएपनि तर आर्थिक लेनदेनमा विवाद पर्न सक्ने देखिन्छ ।
आश्विनसम्म प्रथम राहु र सातौं केतु त्यत्ति सहयोगी छैनन्, व्यर्थको विवाद र झमेला उत्पन्न हुन सक्ने हुनाले सावधानी हुन आवश्यक छ । आफ्नो, मातापिता वा दाम्पत्यमा स्वास्थ्य बाधा उत्पन्न हुन सक्नेछ । कात्तिकबाट भने स्थितिमा सुधार आउने, परिवारजनको सुखमा वृद्धि हुनेछ । विद्यार्थी वर्गले विशेष परिश्रम गर्नुपर्ने, कृषक र जागिरे वर्ग प्रायः सन्तोषित रहने वर्ष रहेको छ । जागिरमा पदोन्नति हुने ग्रहयोग पनि देखिन्छ ।
यस्तै, सवारीसाधन, जग्गाजमिन, रोजगारी, वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी गर्न सक्ने योग छ । स्वास्थ्य भने सामान्य रहन सक्छ । वर्षको पूर्वार्धको समयमा स्वास्थ्य कमजोर रहन सक्छ भने वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउनेछ । अध्ययन अध्यापनको क्षेत्रको यो वर्ष सामान्य रहन सक्छ । प्रेम तथा पारिवारिक जीवनमा वर्षको पूर्वार्धमा केहि असमझदारी रहेपनि वर्षको उत्तरार्धमा सुधार आउन सक्छ र परिवारमा मांगलिक कार्यहरु हुन सक्छन् ।
स्वास्थ्यः बृहस्पति ग्रहको प्रथम गोचर र राहु ग्रहको पनि असोजसम्म प्रथम गोचरमा रहने र केतु ग्रह सप्तम गोचरमा रहने भएकाले यो समयमा टाउको दुख्ने, शरीरमा कमजोरी देखा पर्ने, आलस्यता हुने, रिस धेरै उठ्ने हुन सक्ने रहेकाले स्वास्थ्यमा विशेष ध्यान दिंदा राम्रो हुन्छ । कार्तिकबाट केतु ग्रहको गोचर छैटौँ स्थानमा हुने भएकाले शारीरिक कमजोरी हट्ने तथा शरीर फुर्तिलो हुने योग छ । तर चोटपटकको भय भने रहन्छ ।
व्यापार–व्यवसाय–आर्थिकः शनि ग्रहको एकादश स्थानको गोचरको प्रभावले निर्माण सामग्रीको उद्योग, फलाम सम्बन्धित विभिन्न व्यवसायहरु, सवारीसाधनको खरिदविक्रि सम्बन्धि व्यवसाय, लत्ता कपडाको उद्योग तथा व्यापार, कृषि तथा पशुपालन व्यवसायको यो वर्ष राम्रो रहन सक्छ । फेशन डिजायन तथा सुन्दरता सम्बन्धित व्यवसाय भने यो वर्ष सामान्य रहन सक्छ । शनि ग्रहको एकादश गोचरले गर्दा यो वर्ष आयआर्जन बढ्न सक्ने र दिर्घकालीन लगानी हुन सक्ने समय छ । शेयर बजारबाट सामान्य लाभ को अपेक्षा गर्न सकिन्छ । असार, असोज, माघ र फागुन महिना आर्थिक क्षेत्रका लागि शुभ रहेका छन् ।
पेशा–रोजगारः वैदेशिक तथा प्रशासनिक क्षेत्रमा काम गर्नेहरुले यो वर्ष राम्रो प्रगति तथा सफलता प्राप्त गर्न सक्ने योग छ । पेशाको सिलसिलामा स्थान परिवर्तन हुने तथा थप जिम्मेवारी वहन गर्नुपर्ने समय छ । कामबाट अपजसको सामना गर्नुपर्ने हुन सक्छ ।
प्रेम सम्बन्धः केतु ग्रहको सप्तम गोचरले असोजसम्मको समय प्रेम तथा वैवाहिक जीवनमा असमझ्दारी र विवाद आउन सक्ने समय रहेकाले ध्यान दिनुपर्ने समय छ । अन्य पारिवारिक सम्बन्धहरु यो समयमा सामान्य देखिन्छ । कार्तिकबाट केतुको गोचर परिवर्तन हुनाले प्रेम तथा वैवाहिक जीवनमा रहेको समस्या हट्ने र सम्बन्ध सुधार हुन सक्ने समय रहेको छ ।
शुभ रंग–अङ्कः यो वर्ष सेतो, खैरो, पर्पल र पहेलो रङ्ग शुभ रहन सक्छ । यस्तै १, ३, ७, ९ अङ्क शुभ रहेका छन् ।
उपायः तपाईले बृहस्पति र राहुको अशुभ गोचरफलको निवारणका लागि जप–पाठ तथा ग्रहशान्ति पुजा गर्न सक्नुहुन्छ । तपाईंले बिहीबारको दिन भगवान विष्णुको पूजापाठ तथा दर्शन गरेर पनि गोचरको बृहस्पतिको अशुभ प्रभाव कम गर्न सक्नुहुन्छ ।