arrow

वृष राशि भएकाहरुको नयाँ वर्ष मध्यम रहने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
horoscope-brish-taurus.jpg

काठमाडौं । २०८० सालमा तपाईको ग्रहस्थिति साधारणतया मध्यम रहनेछ । गुरु द्वादश हुने हुंँदा व्यावहारिक झमेला, आर्थिक विषमता, मानसिक तनाव हुनेछ । व्यर्थको यात्रा होला, गुप्तशत्रुबाट हानि हुनसक्ने देखिन्छ । शनि केही अनुकूल रहेको हुनाले सामाजिक र राजकीय कार्यमा सफलता मिल्नेछ । न्यायालयसम्बन्धी विवादमा विजयी भइनेछ । सावधानीपूर्वक गरेका सबै कार्य सफल हुनेछ । नवीन सम्पत्ति खरिद गर्ने योग बन्न यस वर्ष देखिन्छ । 

बाह्राैं स्थानमा रहने राहुका कारण अपव्यय हुने सक्नेछ । व्यर्थको खर्चबाट जोगिनु नै राम्रो हुनेछ । छैठौं केतुका कारण सुखदाता र सहयोगीहरु भेटिनेछन् । दाम्पत्य र परिवारिक जीवन सुखद् रहनेछ । समामा मानप्रतिष्ठा बढ्नेछ । जागिरमा प्रदोनतिको योग देखिन्छ, व्यवसायी कारोबारीहरूलाई आशिक लाभ पाइने देखिन्छ । माघ–फाल्गुन महिनामा धार्मिककृत्य वा मङ्गलकायको पनि सम्भावना रहला, तीर्थाटनको पनि योग देखिन्छ ।  

यसैगरी सवारी साधन, जग्गा जमिन, रोजगारी, वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी गर्न सक्ने योग छ । स्वास्थ्य स्थिति वर्षभरि नै सामान्य रहन सक्छ । वर्षको पूर्वार्धको समयमा खर्च बढ्ने, काममा ढिलासुस्ती हुने रहेपनि वर्षको उत्तरार्धबाट सुधार हुन सक्ने समय छ । पढाइमा उचित समय दिन नसक्दा विद्यार्थीले उचित नतिजा प्राप्त गर्न गाह्रो हुन्छ ।

स्वास्थ्यः बृहस्पति ग्रहको बाह्रौं गोचर र शनि ग्रहको दशौँ गोचरका कारण स्वास्थ्य सामान्य रहन सक्छ । नशा सम्बन्धित तथा बोसो सम्बन्धित समस्या यो समयमा देखिन सक्छ । वर्षको पूर्वार्धको समय स्वास्थ्य सम्बन्धित समस्या रहन सक्ने भएपनि उत्तरार्धबाट सुधार आउन सक्ने सम्भावना छ । 

व्यापार, व्यवसाय, आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष मध्यम देखिन्छ । शनि ग्रहको गोचर दशौँ स्थानमा रहने भएकाले ढिलासुस्ती बाबजुत कठोर प्रयासले कामहरु बन्न सक्छन् । अनावश्यक विवादमा अल्झिंदा बन्न लागेको काम बिग्रिन सक्ने, व्यवसायबाट घाटा हुन सक्छ । वर्षको उत्तरार्धबाट राहु ग्रहको एकादश गोचर रहने भएकाले व्यापार व्यवसायमा सुधार आउन सक्छ । धार्मिक तथा परोपकारको क्षेत्रमा पनि केहि खर्च हुन सक्छ । यो वर्ष शेयर बजारबाट त्यति राम्रो अपेक्षा गर्न सकिंदैन । आर्थिक दृष्टिले साउन, कार्तिक, फागुन र चैत महिना शुभ रहेका छन् ।

पेशा, रोजगारः वैदेशिक क्षेत्र तथा पर्यटन तथा होटल सम्बन्धित क्षेत्रमा काम गर्ने व्यक्तिहरुले वर्षको उत्तरार्धबाट सामान्य लाभ लिन सक्छन् भने सरकारी तथा बैकिङ्ग क्षेत्रमा काम गर्नेहरुको समय सामान्य नै रहन सक्ने भएकाले ठूलो प्रगतिको अपेक्षा गर्न सकिंदैन । कामको कारणले यात्रा गर्नुपर्ने र यात्रा मध्यम फलदायी रहने समय छ ।

प्रेम सम्बन्धः प्रेम तथा पारिवारिक जीवन यो वर्ष मध्यम नै रहने देखिन्छ । केही असमझ्दारी र विवाद पारिवारिक तथा प्रेम जीवनमा देखिए पनि वर्षको अन्त्यतिर समस्या हट्ने र पारिवारिक जीवन राम्रो हुन सक्ने समय छ । प्रेम जीवनमा रहेकाहरु आफ्नो प्रेमीको साथ रमाइलो यात्रामा सहभागी हुन सक्ने योग छ ।

शुभ रंग, अङ्कः वृष राशिका लागि यो वर्ष सेतो, गुलावी, पपहेंलो र निलो रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु २, ४, ६, ७ रहेका छन् । 

उपायः वृष राशिका व्यक्तिहरुले शनिबारको दिन बिहान पीपलमा जल चढाउँदा, हनुमानजीको स्मरण गर्दा र बिहीबारको दिन तपाईंले बिहीबारको दिन भगवान विष्णुको पूजापाठ तथा दर्शन गरेर पनि गोचरको शनि र वृहस्पतिको अशुभ प्रभाव कम गर्न सक्नुहुन्छ । शनि तथा वृहस्पतिको अशुभ गोचर फलको निवारणको लागि जप÷पाठ तथा ग्रहशान्ति पूजा गर्न सक्नुहुन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ