arrow

नाकाबाट चिनियाँ नागरिक पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
kimathanka.PNG

काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिका-१ किमाथाङ्का नाकाबाट पक्राउ परका चिनियाँ नागरिकलाई काठमाडौं ल्याइएकोछ । सोमबार निषेधित क्षेत्र भोटखोला-१ को किमाथाङ्का नाकाबाट चिनियाँ नागरिक ३४ वर्षीय याङ यी पक्राउ परेका थिए । 

पक्राउ परेका चिनियाँ नागरिकलाई बिहीबार काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । 

चिनियाँ नागरिक याङलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान गरेर थप अनुसन्धानका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको प्रनाउ गोदारले बताए । निषेधित क्षेत्र पुगेका चिनियाँ नागरिकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । 

उनी किमाथाङ्का नाका किन आएका भन्न खुल्न सकेको छैन । किमाथाङ्काबाट यसअघि पनि एक चिनियाँ नागरिक पक्राउ परेका थिए । उनी रसुवागडी नाका हुँदै किमाथङ्का पुगेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ