arrow

घिमिरेले बोलाएको तीन दलको बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
prachanda-deuba-oli-devraj.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख तीन दलको बैठक स्थगित भएको छ । 

संसदको बिजनेस लगायतका विषयमा शुक्रबार दिउँसो १ बजे बस्नेगरी सभामुख घिमिरेले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक आह्वान गरेका थिए । 

तर, बैठक स्थगित भएको र स्थगित बैठक कहिले बस्ने यकिन भइनसकेको सभामुखको सचिवालयले जनाएको छ । 

सभामुख घिमिरेले संसदको बिजनेस, संसदको विषयगत समिति गठन लगायतका विषयमा सहमति जुटाउन तीन दलको बैठक आह्वान गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ